लसुनको मूल्य घट्यो

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं : स्थानीय बजारमा लसुनको मूल्य घटेको छ ।

कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांक अनुसार आज लसुनको मूल्य घटेको हो । आज चाइनिज लसुनको मूल्य किलोमा ३४ रुपैयाँ घटेको छ । बिहीबार कालीमाटी बजारमा लसुनको मूल्य थोकमा प्रतिकिलो ३ सय १० रुपैयाँ थियो । आज लसुनको थोक मूल्य २ सय ७६ रुपैयाँ कायम छ । नेपाली लसुनको मूल्य भने स्थिर छ । बजारमा नेपाली लसुन प्रतिकिलो २ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

पछिल्लो समय चीनबाट लसुन आयात ह्वात्तै बढेको छ । पुस २०८१ मा चीनबाट लसुन आयात अस्वाभाविक बढेको भन्दै आलोचना भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार