
काठमाडौं : आइतबार छापावाल सुनको मूल्य १ लाख ८४ हजार १ सय रूपैयाँ कायम भएको थियो।
सोमबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेर १ लाख ८४ हजार ६ सय रूपैयाँ कायम भएको थियो। मंगलबार फेरि छापावाल सुनको मूल्य ५ हजार ३ सय रूपैयाँले बढेर १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम भएको थियो। बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएको थियो।
फेरि बिहीबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेर १ लाख ९२ हजार २ सय रूपैयाँ कायम भएकोमा शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेर १ लाख ९० हजार ८ सय रूपैयाँ कायम भएको छ। यो साता सुनको मूल्य समग्रमा ६७०० रुपैयाँले बढेको छ ।