नेशनल लाइफ इन्स्योरेन्सको नाफा ४० करोड ८५ लाख

२०८२ बैशाख २८, आईतवार

काठमाडौं : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीले ४० करोड ८५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ५.२० प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३८ करोड ८३ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीले १४ अर्ब २६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १०.५९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ अर्ब ९० करोड २८ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।

चैत मसान्तसम्म कम्पनीले १४ अर्ब ७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा ११.५४ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १२ अर्ब ६२ करोड २९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। कम्पनीको जीवन बीमा कोषमा ६६ अर्ब ६५ करोड ५८ लाख रुपैयाँ रहेको छ। यो गत आवको सोही अवधिको तुलनामा ८.९९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा ६१ अर्ब १५ करोड ६८ लाख रुपैयाँ रहेको थियो।

कम्पनीको खुद ब्याज आम्दानी १२ अर्ब ६२ करोड रूपैयाँबाट बढेर १४ अर्ब ७ करोड रूपैयाँ नाघेको छ। त्यस्तै, कम्पनीको कुल आम्दानी १७ अर्ब ५० करोड रूपैयाँबाट बढेर १९ अर्ब ३७ करोड रूपैयाँ पुगेको छ भने कुल खर्च पनि १६ अर्ब ४७ करोड रूपैयाँबाट बढेर १८ अर्ब ३२ करोड रूपैयाँ नाघेको छ।

५ अर्ब २१ करोड २१ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रूपैयाँ, जगेडा कोषमा ८५ करोड ५१ लाख रूपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १०.५९ रूपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.४७ रूपैयाँ पीई रेसियो ५९.५६ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार