काठमाडौं : सोमबार छापावाल सुनको मूल्य ३७ सय रूपैयाँले घटेको छ ।
आइतबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९० हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ३ हजार ७ सय रूपैयाँले घटेर १ लाख ८६ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ७० रूपैयाँ कायम भएकोमा आज १० रूपैयाँले घटेर १ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।





