टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते

२०८२ बैशाख ३१, बुधबार

काठमाडौं : काठमाडौंबाट फोहोर बोकेर गएको टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्।

तारर्केश्वर नगरपालिका-५ फुलबारी गेटनजिकै सडक खण्डमा टिपर र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका हुन्। गोकर्णेश्वर नगरपालिकाको फोहोर बोकेर गएको बागमती प्रदेश ०१-००४ क ३६८६ नम्बरको टिपर र बा ८० प २१४५ नम्बरको मोटरसाइकल  मंगलबार पौने १ बजे ठोक्किएको हो।

उक्त ठक्करबाट मोटरसाइकल चालक नुवाकोट ककनी गाउँपालिका-१ का १५ वर्षीय अबिन बलामी, १७ वर्षीय सविन बलामी र १८ वर्षीय संगित बलामी घाइते भएका भएको जिल्ला परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए।

‘उहाँहरूको अवस्था मध्यम छ,’ एसपी बोहराले भने, ‘बालाजुको सिल्भर लाइन अस्पतालमा उपचार भइरहेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार