काठमाडौँ : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ पूर्वमन्त्री सुदन किरातीका प्रति खनिएका छन्। हर्क एयरपोर्टको विषय झिकेर सुदनका प्रति खनिएका हुन्। ‘धरानमा एयरपोर्ट बनाउन असहयोग गर्ने पूर्वमन्त्री सुदन किरातीबाट धरानेले के आशा गर्नु ?,’ हर्कले फेसबूकमा लेखेका छन्।
उनले निकै सम्झाएको, बुझाएको तर, ‘एयरपोर्ट बनाउनु टेम्पो चलाउनु जस्तो होइन’ भनेर पन्छिएको हर्कले उल्लेख गरेका छन्। ‘निकै सम्झाएँ, बुझाएँ तर, टेम्पो चलाउनु जस्तो सजिलो छैन एयरपोर्ट बनाउनु भनेर तमाम टेम्पो चालकलाई समेत अपमान गर्ने पुँजीपति नेता,’ उनले लेखेका छन्।
हर्कले धरानमा एयरपोर्ट बनाउने भनेर सुदन पर्यटनमन्त्री हुँदा लबिइङ गरेका थिए। तर, एयरपोर्ट बन्न सकेन। यसपछि हर्क सुदनका प्रति खनिँदै आएका छन्।
सुदन अहिले धरानमै छन्। उनी अगुवा कार्यकर्ता भेटघाट गर्दैछन्। यहीबेला हर्क उनीप्रति खनिएका हुन्। उनले सुदनलाई जनता झुक्काउन आएको आरोपितसमेत गरेका छन्।





