
काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ।
बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ। आजको बैठकमा गत मंगलबार सुरु भएको आगामी आर्थिक वर्ष २०८२-०८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल जारी रहने छ।
यस्तै, बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले ‘अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको वार्षिक प्रतिवेदन- २०८२’ पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, कानून, न्याय तथा मानवअधिकार समितिकी सभापति बिमला सुवेदीले ‘कानून, न्याय तथा मानवअधिकार समितिको वार्षिक प्रतिवेदन- २०८१÷०८२’ पेस गर्ने कार्यसूची रहेको छ।