रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै

२०८२ जेष्ठ १, बिहीबार

म्याग्दी : रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक रु २३ करोड ३२ लाखको लागतमा कालोपत्र हुने भएको छ । यस निम्ति आवश्यक तयारी भइरहेको छ ।

‘एक निर्वाचन क्षेत्र, एक सडक’ कार्यक्रमअन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयले स्तरोन्नति तथा कालोपत्रको तयारी थालेको हो । सडक फराकिलो पार्ने, टेवा पर्खाल लगाउने, वर्षाको पानी निकासका निम्ति नाली बनाउनेलगायत काम धमाधम भइरहेको छ । आगामी एकदुई दिनमा कालोपत्र थालिने इञ्जिनियर अरुण सेढाईंले बताए ।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिमा कालोपत्र र दुई किलोमिटर आरसिसी ढलान गरिने छ । “ग्राभेल गर्ने, बेस बिछ्याइएको छ, अब कालोपत्रका लागि तयारी अवस्थामा छौँ”, सेढाईंले भने। पहिलो चरणमा उपल्लाचौरदेखि तोराखेतसम्म नौ किलोमिटर कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए ।

रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर ३०० मिटर कालोपत्र र ३०० मिटर सडक ढलान भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार