काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपाका वरिष्ठा उपाध्यक्ष रवीन्द्र मिश्र छुट्नु ‘न्याय अझै मरिसकेको छैन’ भन्ने कुराको प्रमाण भएको बताएका छन्।
‘रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतको आदेशबाट रिहा गरिनु स्वागतयोग्य छ। यो आदेशले न्याय अझै मरिसकेको छैन भन्ने सन्देश प्रवाहित भएको छ,’ मिश्र छुटेपछि थापाले भनेका छन्।
सरकारको चरित्र भने उदाङ्गो भएको उनले बताएका छन्। मिश्र आज रिहा भएका छन्।





