काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले दिएको जिम्मेवारीमा बस्न तीन वडाध्यक्षले अस्वीकार गरेका छन्।
वडाध्यक्षहरू दलबहादुर कार्की, बीरेन्द्र प्रजापति र विनोद राजभण्डारीले बालेनले दिएका विभिन्न विषयगत जिम्मेवारी लिन अस्वीकार गरेका हुन्। मेयर बालेनले कार्कीलाई सुशासन समिति, प्रजापतिलाई सूचना प्रविधि समिति र राजभण्डारीलाई सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी दिएका थिए। तर, कार्यपालिकाको बैठकले अनुमोदन नगरेको भन्दै उनीहरूले जिम्मेवारीमा बस्न अस्वीकार गरेका हुन्।





