कार नदीमा खस्दा ५ जनाको मृत्यु

२०८२ जेष्ठ ५, सोमबार

काठमाडौँ : भारतीय प्रान्त महाराष्ट्रमा कार नदीमा खस्दा ५ जनाको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बई-गोवा राजमार्गमा रहेको जगबुडी नदीमा कार खसेको हो। दुर्घटनामा ५ जनाको मृत्यु भएको र चालक गम्भीर घाइते भएको बताइएको छ। उनीहरू कारमा मुम्बईबाट देवरुख जाँदै थिए।

हाल दुर्घटनाबारे विस्तृत जानकारी आइसकेको छैन।यस विषयमा अनुसन्धान जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार