५०० र १००० को नोट प्रतिबन्ध लगाउन पूर्व अर्थमन्त्री पाण्डेको सुझाव

२०८२ जेष्ठ ७, बुधबार

काठमाडौं : सत्तारुढ नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले भ्रष्टाचार रोक्न ५०० र १००० को नोटमा प्रतिबन्ध लगाउन सुझाव दिएका छन्।

मंगलबार नेपाली कांग्रेसको नीति तथा योजना विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्। ‘मैले धेरै ठाउँमा भनेको छु, भ्रष्टाचार नियन्त्रण गाह्रो काम छैन। ५०० र १००० को नोट बन्द गरिदिऔँ, नछापौं नागरिकलाई अहिले नै आतंकित नपारौं। ०८५ पछि ५००० र १००० को नोट चल्दैन भनेर भनिदिऔं,’ उनले भने ।

यसपछि सरकारले सय रुपैयाँको मात्रै नोट छाप्नुपर्ने उनले बताए । ‘कसैले एक करोड घुस खानुपर्‍यो भने पनि एक ट्रक लिनुपर्‍यो, त्यसका लागि कोठा बुक गरेर भाडामा राखेर ताला लगाएर पैसा राख्नुपर्‍यो । यो सम्भव हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार