ढोरपाटनका मेयर नेपालीलाई धरौटीमा छोड्न आदेश

२०८२ जेष्ठ ८, बिहीबार

पोखरा : जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई धरौटीमा छोड्न आदेश दिएको छ ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा छोड्न आदेश दिएको हो । धरौटी माग गरेपनि उनले धरौटी बुझाएका छैनन् ।धरौटी नबुझाएपछि उनलाई अदालतले नियमाअनुसार थुनामा राख्न पत्र पठाएको छ । नेपाली हाल बागलुङ कारगारमा छन् । उनलाई ईमेज बचत तथा ऋण सहकारी संस्थाको ठगी प्रकरणमा जिल्ला अदालत बागलुङले थुनामा पठाउन आदेश दिएको थियो ।

सोही आदेशअनुसार कारागार पठाइएको हो । उनीविरुद्ध कास्की अदालतमा इमेज सहकारी ठगी प्रकरणको पनि मुद्दा छ । उनलाई आइतबार उपस्थित गराउने पत्र पठाइएको कास्की जिल्ला अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार