ग्लोसेस्टरशायरसँगको दोस्रो टी-२० अभ्यास खेलमा पनि नेपाल विजयी

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : स्कटल्याण्डमा हुने लिग २ र टी-२०आई शृंखलाअघि अभ्यासका लागि युकेमा रहेको नेपाली टोलीले बिहीबार ग्लोसेस्टरशायरसँगको दुवै टी-२० अभ्यास खेलमा सहज जित निकालेको छ ।

पहिलो खेलमा ७३ रनको जित निकालेको नेपालले लगत्तै भएको दोस्रो खेलमा ५ विकेटको जित निकालेको हो । ग्लोसेस्टरशायरले दिएको १६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालका लागि ओपनर आसिफ शेखले ४२ बलमा १३ चौका र १ छक्कासहित अविजित ८४ रन बनाए । आरिफ शेखले ३० तथा अनिल साहले १८ रन बनाए । गुल्शन झाले १५ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको ग्लोसेस्टरशायरले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । डारुश अहमदले सर्वाधिक ५२ तथा टमी बूरमानले अविजित ४१ रन बनाए ।

नेपालका सोमपाल कामीले ४ ओभरमा ३८ रन दिएर ३ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार