कामना सेवा विकास बैंकद्वारा अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा

२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं : कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गदैं अन्तर बैंक टेलर क्यूआर सञ्चालनमा ल्याएको छ ।

यो सेवा सञ्चालनमा आएसँगै अब अन्य बैंक तथा वित्तीय संस्थाको मोबाईल बैंकिङ एप प्रयोग गरि कामना सेवा विकास बैंकको नगद काउण्टरबाट रकम झिक्न सकिने छ । बैंकले आफ्नो स्मार्ट टेलर क्युआर प्रयोग गरि अन्य बैंकहरुको खाताको रकम झिक्न सकिने व्यवस्था मिलाईएको जनाएको छ । कुनै एउटा बैंकमा रहेको खाताबाट रकम झिक्न सोही बैंकमा नै जानुपर्ने बाध्यतालाई यो सुविधाले हटाएको छ ।

बैंकले प्रविधिको विकासलाई आत्मसात गर्दै ग्राहकहरूको समय, सुविधा र सुरक्षालाई प्राथमिकता दिँदै बैंकिङ्ग प्रक्रियालाई अझ सरल, सहज र द्रुत बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार