बसुन्धरामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८२ जेष्ठ १२, सोमबार

काठमाडौँ : काठमाडौँमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका–३ स्थित बसुन्धरा सडकमा म प्र ०२–०३४ प ६२५७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा आइतबार बेलुकी दुर्घटना भएको थियो।

दुर्घटनामा स्कुटरमा सवार काठमाडौँको चाबहिल बस्ने महोत्तरीकी १८ वर्षीया मनिसा परियारको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बसुन्धारास्थित ग्रिनसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार