समाजवादी क्रान्तिका लागि सबै माओवादी लिगेसी बोकेकाहरू एकतावद्ध हुनुपर्छ : श्रेष्ठ

२०८२ जेष्ठ १२, सोमबार

काठमाडौँ : नेपाल समाजवादी पार्टी (नेसपा) बाट माओवादी केन्द्रमा समायोजन भएका गंगानारायण श्रेष्ठले समाजवादी क्रान्तिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्।

सोमबार ललितपुरको ग्वार्कोमा भएको दुई पार्टीबीच पार्टी समायोजन कार्यक्रममा बोल्दै उनले विगतको क्रान्तिको नेतृत्वको प्रचण्डले गरेको बताउँदै फेरि उनकै नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नुपरेको जिकिर गरे।

‘हिजो क्रान्तिको नेतृत्वको कमरेड प्रचण्डले गर्नुभयो, आज फेरि अर्को समाजवादी क्रान्ति गर्नुपरेको छ,’ श्रेष्ठले भने, ‘उहाँको नेतृत्वमा अर्को समाजवादी क्रान्ति गर्नको निम्ति हिजोका तमाम सबै माओवादी लिगेसी बोकेकाहरू जो–जो हामी, जहाँ जहाँ छौँ, हामी सबै एकतावद्ध हुनुपर्छ।’

माओवादी केन्द्रमा समायोजन भएपछि केन्द्रीय सचिवको जिम्मेवारी प्राप्त गरेका श्रेष्ठले सबै कम्युनिस्टहरू एकतावद्ध भएर नयाँ यात्रामा अघि बढे नयाँ गन्तव्यमा पुग्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार