बाजुरामा सरकारी गाडी दुर्घटना, तीन जनाको मृत्यु

२०८२ जेष्ठ १३, मंगलवार

बाजुरा : जगन्नाथ गाउँपालिका-२ काँडाकोटमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। पाल टेलिकमको बा ५ च २२०९ नम्बरको जिप दुर्घटना भएको हो।

जीपमा सवार ५ जनामध्ये तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक देव चौधरीले बताए।

दुई जना घाइते भएको र मृतक तथा घाइतेको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार