काठमाडौं : नेपाली बजारमा अण्डाको मूल्य बढाइएको छ । नेपाल लेयर्स कुखुरा पालक संघ चितवनबाट लोड भएर देशभर जाने अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँसम्म बढाउने निर्णय गरेको हो ।
संघले १७ गते (शनिबार)देखि लागु हुनेगरी एक्सएल अण्डाको मूल्य प्रतिक्रेड १५ रुपैयाँ बढाएर ४८० रुपैयाँ पुर्याएको छ । एक्सएल अण्डाको मूल्य प्रतिक्रेड ४६५ रुपैयाँ थियो । ठूलो अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँ बढाएर ४६५ रुपैयाँ पुर्याइएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट ४५० रुपैयाँ थियो ।
त्यस्तै, मिडियम अण्डाको मूल्य भने प्रतिक्रेट १० रुपैयाँ बढाइएको छ । यसअघि मिडियम अण्डाको मूल्य ४२५ रुपैयाँ रहेको संघका महासचिव मदन पोखरेलले बताए ।





