एमालेको भन्दा राजावादीको जुलुस ठूलो देखियो : शेखर कोइराला

२०८२ जेष्ठ १६, शुक्रबार

काठमाडौं : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले गणतन्त्र दिवसको दिन नेकपा एमाले र राजावादीको प्रदर्शनलाई तुलना गर्दै टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले युवाहरूमा आएको नैराश्यताले गर्दा एमालेको भन्दा राजावादीको जुलुसमा धेरै मानिस सहभागी भएको बताएका हुन्।

‘राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसभन्दा एमालेको जुलुस किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरूमा नैराश्य छ । उनीहरूले बाटो खोजिरहेका छन्,’ उनले भने, ‘उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही चार जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरूको मन जित्न सक्नुपर्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार