काठमाडौँ : राप्रपा नेपालका अध्यक्ष कमल थापले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई धन्यवाद ज्ञापन गरेका छन्।
थापाले आफूहरूप्रतिको बर्बरतापूर्ण र अमानवीय व्यवहारका निम्ति प्रधानमन्त्री र गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका हुन्। उनले आज सामाजिक सञ्जालमा लेख्दै भने, ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।’
थापाले आफूहरूले हिजो (आइतबार)को आन्दोलनका क्रममा निषेधित क्षेत्र र कानुन नतोडेको बताएका छन्। दमन र निषेधले विचार नमर्ने भन्दै थापाले लेखेका छन्, ‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट मुक्ति तथा हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको हाम्रो संकल्प अझै सुदृढ भएको छ।’





