डेढ किलो अफिमसहित २ जना पक्राउ

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : कैलालीमा डेढ किलो बढी अफिमसहित दुई जनालाई पक्राउ परेका छन् ।

लम्की-चुहा नगरपालिका–३ को चिसापानीमा रहेको प्याराडाइज होटलबाट एक किलो ७०६ ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा जुम्लाको गुठीचौर गाउँपालिका-४ बस्ने ३८ वर्षीय मेघराज खत्री र जाजरकोटको बारेकोट गाउँपालिका-३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन् ।

उनीहरूलाई विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । उनीहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार