भिजिट भिसा प्रकरणमा भ्रष्टाचार भएको स्पष्ट छ : पुन

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले गृहमन्त्री रमेश लेखक जोडिएको भनिएको भिजिट भिसा प्रकरणमा भ्रष्टाचार भएको दाबी गरेका छन्। सोमबार (आज) बसेको पार्टीको संसदीय दलको बैठकपछि पुनले यस्तो बताएका हुन्।

‘उहाँ (गृहमन्त्री रमेश लेखक) ले पठाएपछि सहसचिव त्यहाँ जाने, अख्तियारले छापा मार्न लागेपछि फिर्ता बोलाउने, उहाँकै सचिवालयमा यस्तो केसमा परेकाहरू हुने, यस्ता अस्वाभाविक गतिविधिहरू हामीले देख्यौँ, यसले उहाँलाई पनि विवादमा तान्यो। यसका लागि छानबिन आयोग बन्नुपर्‍यो। तर, उहाँमाथि प्रश्न उठिसकेपछि राजीनामा दिएर मार्गप्रशस्त गर्दा नै उपयुक्त हुन्छ,’ उनले भने।

पुनले यो कुरा विपक्षले मात्रै नगरेको जिकिर गरे। ‘यो आममिडियाले भनिरहेको छ, जनताको तहमा विश्वास छैन, भिजिट भिसा प्रकरणमा सेटिङ, भ्रष्टाचार भएको छ, अनियमितता भएको छ भन्ने स्पष्ट छ। यो अब छानबिनले देखाउँछ। यसका लागि उहाँले राजीनामा दिनुपर्छ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार