क्रोएसिया पठाइदिन्छु भन्दै १९ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ : बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि क्रोएसिया पटाइदिन्छु  भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाण्डौं कागेश्वरी मनहरा न.पा. वडा नं.१  घर भई  ललितपुर महालक्ष्मी न.पा. वडा-५ बस्ने ३५ वर्षीया  मेनुका पुडासैनी रहेकी छन्।उनलाई ललितपुर महालक्ष्मी न.पा. वडा नं.०५ टिकाथलीबाट पक्राउ प्रहरीले पक्राउ गरेको हो। उनले एक व्यक्तिलाई  रोजगारीका लागि क्रोएसिया पटाइदिन्छु भन्दै १९ लाख लिएर  विदेश नपठाई सम्पर्क विहीन भएकोमा आरोप छ।

पक्राउ परेकी उनलाई  थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार