१७५ यात्रु सवार विमानमा गिद्ध ठोक्किएपछि आपत्कालीन अवतरण

२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं : सोमबार राँचीतर्फ उडिरहेको इन्डिगोको एक विमानमा गिद्ध ठोक्किएपछि आपत्कालीन अवतरण गरिएको छ ।

विमानस्थल अधिकारीहरूका अनुसार उक्त विमान ४,००० फिट उचाइमा उडिरहेको बेला यो घटना भएको हो । गिद्ध ठोक्किँदा विमानमा सामान्य क्षति पुगे पनि कुनै अप्रिय घटना भएको छैन । राँची विमानस्थलका अधिकारीहरूले समाचार एजेन्सी पीटीआईलाई दिएको जानकारीअनुसार उक्त उडानमा १७५ यात्रु सवार थिए ।

आपत्कालीन अवतरणपछि सबै यात्रुलाई सुरक्षित रूपमा विमानबाट ओरालिएको छ । कुनै पनि यात्रुलाई चोटपटक नलागेको र सबै सकुशल रहेको विमानस्थल प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार