काठमाडौँ : काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत सरोज गुँरागाईले प्रमुखको जिम्मेवारी दिए लगत्तै अहिले साढे ५ बजे पदभार ग्रहण गरेका हुन् । कमाण्ड सम्हाल्दै उनले आफ्नो जिम्मेवारी अनुसार सुरक्षा व्यवस्था कायम गर्ने बताए । उनले भने–आफूले पाएको जिम्मेवारी पुरा गर्नेछु । प्रहरी प्रमुख जोशीलाई वरिष्ठताको आधारमा कामपा प्रहरी बलको जिम्मेवारी दिएको हो ।
प्रमुख प्रशासकीय अधिकृत गुँरागाईले दिएको पत्रमा भनिएको छ –‘तपाईलाई अर्को आदेश वा व्यवस्था नभएसम्म आजकै मितिबाट लागु हुनेगरी कामपा महानगर प्रहरी बल प्रमुखको जिम्मेवारी तोकिएको छ । तोकिएको जिम्मेवारीमा रही कामकाज गर्नुहुन निर्देशन छ । सो पत्रको बोधार्थ मेयर, उपमेयर, प्रशासन विभाग र कामपा प्रहरीबललाई दिइएको छ ।
काठमाडौँ प्लाजामा रहेका प्रहरी प्रमुख जोशी वागदरबार मुख्यालयमा पुगेर कमाण्ड सम्हालेका थिए ।





