सरकारी विद्यालयले निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाऔँ: न्यायाधीश मल्ल

२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिएकी छिन् ।

शुक्रवार काठमाडौँमा नेपाल आदर्श माध्यमिक विद्यालयको ७५ औँ वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारी विद्यालयमा गुणात्मक शिक्षामा लगानी बढाउन आग्रह गरिन् ।

उनले विद्यालय शिक्षाको ज्योति छर्ने थलो मात्रै नभई चेतना जन्माउने र बुद्धिमत्ता सिर्जना गर्ने थलो पनि भएको बताइन् । न्यायाधीश मल्लले सबै कुरा पद, ओहोदा र आर्थिक शक्ति मात्रै नभएको उल्लेख गर्दै जिम्मेवारीको अनुभूतिले सफल बन्न मद्दत पुग्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार