
काठमाडौं : स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । नेपालले नेदरल्याण्ड्ससँगको पहिलो खेलमा जित निकालेको थियो ।
हालसम्म नेपाल र नेदरल्याण्ड्सबीच ओडिआईमा भएका ६ खेलमध्ये ३ खेल नेपालले जितेको छ भने नेदरल्याण्ड्सले ३ खेल जितेको छ ।