दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस् : कमल थापा

२०८२ जेष्ठ २७, मंगलवार

काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न माग गरेका छन्।

‘चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको बहानामा पक्राउ गरिएका उनलाई अहिले नयाँ-नयाँ मुद्दाहरू थपेर सरकारले प्रतिशोध साँध्ने काम गरेको छ। दुर्गा प्रसाईंलाई तत्काल रिहा गरियोस्,’ थापाले सोमबार आफ्नो फेसबूकमा लेखेका छन्।

अगाडि उनी भन्छन्- विगतमा केपी ओली र प्रचण्डसँग नजिक रहेका दुर्गा प्रसाईंले पछिल्लो २ वर्षमा हिन्दूराष्ट्र र राजसंस्था पुनर्स्थापना एवम् भुइँमान्छेका समस्याहरू उजागर गर्ने तथा आम जनताको माझमा पुर्‍याउने काममा महत्त्वपूर्ण योगदान दिएका छन्।

प्रसाईं २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा प्रदर्शित प्रदर्शनका दोषी भनेर सरकारले विभिन्न शीर्षकमा मुद्दा हालेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार