बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् : गोकुल बास्कोटा

२०८२ असार २, सोमबार

काठमाडौं : नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै कटाक्ष गरेका छन्।

सामाजिक सञ्जलामा लेख्दै नेता बास्कोटाले बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिने भन्दै कटाक्ष गरेका हुन्। उनले रास्वपाका सांसद तथा नेताहरूले सरकारलाई आफूले पनि आलोचना नगरेर र अरूबाट हुन सक्ने मौका समेत बन्द गरेको बताएका छन्। यसका लागि रास्वपालाई सरकारले धन्यवाद दिनुपर्ने भनेर व्यंग्य समेत गरे।

उनले लेखेका छन्, ‘वास्तवमा सरकारले रास्वपालाई धन्यवाद दिनु पर्ने हो। उनीहरूले सरकारलाई आफूले पनि आलोचना नगरिकन र अरूबाट हुन सक्ने मौका समेत बन्द गरिदिएर हुनसम्म सजिलो बनाइ दिए। बजेटको बेला यस्तो प्रतिपक्ष संसारमा बिरलै भेटिन्छन् होला। जे होस् देउसी लय मिलेको छ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार