प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

२०८२ असार ३, मंगलवार

काठमाडौँ : प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गर्न लगाएर बिहीबार ११ बजे सम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधिसभामा भिजिट भिसा र अध्यागमनमा भएको अनियमितताको विषयमा छानबिन गर्नका लागि संसदीय समिति वा न्यायिक आयोग गठनको माग गर्दै रास्वपाले वेल घेराउ गर्दै आएको छ । मंगलबारको बैठकमा पनि रास्वपाल वेल घेराउ गरेपछि सूचना टाँस गरेर स्थगित गरिएको हो ।

सभामुख घिमिरेले राजनीतिक दलहरूलाई संसद्को अवरोध हटाउनका लागि सहमति गर्न भनेर बैठक बिहीबारसम्मका लागि स्थगित गरेको संसद् सचिवालयले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार