रास्वपाको विरोध शैलीले सांसद्को लोगो लगाएर हिँड्नसमेत अपमानित महसुस भएको छ : बर्तौला

२०८२ असार ३, मंगलवार

काठमाडौं : नेकपा एमाले मुख्य सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विरोध शैलीलाई ‘कपालभाँती’ को संज्ञा दिँदै असभ्य भएको टिप्पणी गरेका छन्।

मंगलबार संसद् बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्। ‘विरोध गर्ने न्यूनतम मर्यादा हुन्छ, तर जुन शैली अपनाइएको छ, त्यसले हामीलाई यो लोगो लगाएर हिँड्नसमेत अपमानित महसुस भएको छ,’ बर्तौलाले भने।

उनले निजामति विधेयक सरकारले नै ल्याएको र प्रधानमन्त्रीले नै पारित गर्न चाहेको विषयमा अवरोध गर्नुको औचित्य नभएको बताए।

उनले थपे, ‘विधेयक सरकारको हो, सरकारले नै पारित गरियोस् भनेर कार्यसूचीमा राखेको छ। चित्त नबुझेका कुरा संसदमा छलफल गरेर परिमार्जन गर्न सकिन्छ, तर संसद नै चल्न नदिने काम भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार