भूमि सम्बन्धी विधेयक पार्टी बैठकको एजेण्डा बन्छ : पूर्ण बस्नेत

२०८२ असार ४, बुधबार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले ल्याएको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पार्टी बैठकको एजेण्डा बनाउने भएको छ ।

पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले विरोध जनाएपछि फिर्ता लगिएको तत्कालिन भूमि सम्बन्धी अध्यादेशलाई सरकारले अहिले विधेयकको रुपमा संसदमा पेस गरेपछि पार्टीले आगामी कार्यकारिणी समिति बैठकको एजेण्डा बनाएर छलफल गर्ने बताएका हुन् । बस्नेतले भने, ‘सरकारले अध्यादेश ल्याएकै बखत हामीले भूमि सम्बन्धी अध्यादेश देश र जनताको हितमा छैन भनेर प्रष्टसँग भनेका थियौँ । रियल स्टेट र भूमाफिया तथा दलालहरुलाई पक्षपोषण हुने गरी अध्यादेशलाई विधेयकको रुपमा ल्याइएपछि पार्टी यस विषयमा गम्भीर भएको छ ।’

तराई /मधेसको वनजङ्गल तथा सार्वजनिक जग्गा आफ्ना पार्टी कार्यकर्ताहरुलाई वितरण गर्ने कुत्सित मनसायले विधेयक ल्याइएको छ, यसले वास्तविक भूमिहीन तथा सुकुम्बासीहरुले जग्गा प्राप्त गर्न सक्दैनन् भन्ने हाम्रो ठहर छ, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार