काठमाडौं : बुधबार छापावाल सुनको मूल्य ९ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रूपैयाँ कायम भएकोमा आज ९ सय रूपैयाँले बढेर १ लाख ९५ हजार ९ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ६० रूपैयाँ कायम भएकोमा आज ६५ रूपैयाँले बढेर २ हजार २ सय २५ रूपैयाँ कायम भएको छ ।





