काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन्। उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।
विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो। अर्धठोसको स्वरूपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ।
एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ। प्लाष्टिकले र्याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ।





