पोखरीमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

२०८२ असार ५, बिहीबार

काठमाडौँ : सिन्धुलीमा पोखरीमा जमेको पानीमा डुब्दा एक जना बालिकाको मृत्यु भएको छ।

दुधौली नगरपालिका- ११ मरघट्टी बस्ने हस्त बहादुर सुनुवारको छोरी वर्ष ८ की ममता सुनुवारको मृत्यु भएको सिन्धुली प्रहरीका प्रवक्ता सुर्य प्रकाश सुवेदीले जानकारी दिए । उनका अनुसार घरबाट करिब १ किलोमिटर दक्षिणमा पर्ने मरघट्टी सानोचौरी दुई धारा संस्थाद्वारा सिचाईंको लागि खनेको जोडीगैरी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।

‘उनी पोखरीको पानीमा डुबेको अवस्थामा खानेपानी लिन जाँदै गरेको स्थानीय संगम सुनुवारले देखेपछि पोखरीबाट ममता निकाली ममताको ठूलो बुबा खेलमान सुनुवारलाई बोलाई उपचारको लागि उदयपुरको कटारी नगर अस्पताल पुर्‍याइएको भएपनि उनलाई अस्पतालले मृत घोषणा गरेको हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार