एसिसी मेन्स यु-१६ : जापान ८० रनमै अलआउट

२०८२ असार १०, मंगलवार

काठमाडौं : एसिसी मेन्स यु-१६ एलिट कप क्रिकेटमा नेपालले आफ्नो सानदार प्रदर्शनलाई निरन्तरता दिएको छ । प्रतियोगिता अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले जापानलाई ८० रनको सामान्य स्कोरमा अलआउट गर्दै आफ्नो घातक बलिङको उत्कृष्ट नमुना प्रस्तुत गरेको हो ।

नेपाली बलरहरूको कसिलो बलिङसामू जापानी ब्याटरहरू निरिह सावित भए । मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको जापानले नेपाली बलरहरूको धारिलो आक्रमण झेल्न सकेन र ३४.३ ओभरमा मात्र ८० रन बनाउँदै अलआउट हुन पुग्यो। जापानका लागि कप्तान चार्ली हाराहिन्जीले बनाएको ३६ रन नै सर्वाधिक रह्यो । उनले ४८ बलमा ४ चौका प्रहार गरे। अर्का ब्याटर गम्बी हाराहिन्जीले १३ रन जोड्नुबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

जापानलाई सस्तैमा समेट्ने क्रममा नेपालका बायाँ हाते स्पिनर शुभम खनाल नायक बने । उनले आफ्नो १० ओभरको स्पेलमा मात्र १५ रन खर्चिएर ५ विकेट (पञ्जा) लिँदै सनसनीपूर्ण प्रदर्शन गरे । उनलाई अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १-१ विकेट लिएर उत्कृष्ट साथ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार