हिम स्टार ऊर्जाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

२०८२ असार १३, शुक्रबार

काठमाडौँ : हिम स्टार उर्जा कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले ३७ करोड ३० लाख रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् ११ लाख १९ हजार कित्ता शेयर निष्काशन गरेको हो । यस अन्तर्गत, ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका–८ र सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ का बासिन्दाका लागि १ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर छुट्याइएको छ।

आवेदन दर्ताका लागि स्थानिय बासिन्दाले सिटिजन्स बैंक, महिला भवन, जनस्वास्थ्य भवन लगायतका तोकिएका स्थानमा वा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको वेबसाइटमार्फत आवेदन दिन सक्नेछन्।

यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ९३ हजार २५० कित्ता शेयर छुट्याइएको छ। आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार