पूर्वराजा ज्ञानेन्द्रको जन्मदिनको दिनमा निर्मल निवास तीन घण्टा खुला राखिने

२०८२ असार १३, शुक्रबार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह अर्को हप्ताबाट ७९औं वर्षमा प्रवेश गर्दैछन् । उनले असार २३ गते आफ्नो जन्मोत्सव धुमधामसँग मनाउने भएका छन् । त्यसको लागि निजी निवास निर्मल निवास खुला गरिने भएको हो ।

ज्ञानेन्द्र शाहको सम्वाद सचिवालयले आज (शुक्रबार) एक विज्ञप्ती जारी गरी शाहको जन्मदिनको दिन निर्मल निवास खुला राखिने र सर्वसाधारण तथा शुभेच्छुकबाट आशीर्वाद लिने भनिएको छ ।

जन्मदिनको दिन असार २३ गते विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला राखिने भएको हो । यसअघि दशैंमा निर्मल निवास सर्वसाधारणको लागि खुला राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार