काठमाडौँ भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ

२०८२ असार १३, शुक्रबार

काठमाडौं : काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् ।

१० करोडको चेक अनादर मुद्दामा कठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो । शुक्रबार उनलाई अनामनगरबाट पक्राउ गरिएको बताइएको छ । इनोभेटिभ कन्सेप्ट प्रालिका सञ्चालक भेटवालविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा १० करोडको चेक बाउन्स आरोपमा जाहेरी दर्ता भएको थियो।

भेटवाल यसअघि ३ करोडको चेक बाउन्स आरोपमा पनि पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार