काठमाडौँ : विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज शनिबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध जारी राखेका छन्। बैठक सुरु भएलगत्तै रास्वपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्।
तर पनि सभामुखले पेलेरै संसद् चलाइरहेका छन्। त्यसो त सभामुखले समय दिएपछि रास्वपाका पनि केही सांसदले आफ्नो धारणा राखेका थिए। उनीहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागे।
यही माग राखेर रास्वपाले गत जेठ १३ गतेदेखि प्रतिनिधि सभाको बैठकमा अवरोध गरिरहेका छन्। अहिले अन्य दलका सांसदले आफ्नो धारणा राखिरहेका छन्।
सभामुखले हरेकलाई २/२ मिनेटको समय दिइरहेका छन्। आज स्पेन भ्रमणका लागि प्रस्थान गर्न लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि संसद्मा सम्बोधन गर्ने कार्यक्रम छ।










