काठमाडौँ : सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा आठजना घाइते भएका छन्। घाइतेमध्ये चालकसहित तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शनिबार दिउँसो तिपेनीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ३–०१–००५ ख९९७६ नम्बरको बस मेलम्ची नगरपालिका–११ मा दुर्घटनामा परेको हो।
सामान्य घाइतेको मेलम्ची नगर अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चालक महेश्वर ढकलसहित तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरुलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ ल्याइएको छ।











