काठमाडौँ : नेकपा (एस) निर्माण गर्ने बेलामा माधव कुमार नेपाललाई हात समाएर निर्वाचन आयोग पुर्याउने रामकुमारी झाँक्री पार्टी पुनर्गठन गर्ने बताएकी छिन् । माधव नेपाललाई विशेष अदालतले विशेष अदालतमा मुद्दा चलाएपछि पार्टी पुनर्गठन गर्नुपर्ने बताएकी हुन् ।
उनले माधव नेपाललाई लक्षित गर्दै बुटवलको एक कार्यक्रममा ‘मरेको सिनोलाई काँधमा राखेर हिँड्न नसकिने’ कडा अभिव्यक्ति दिएकी छन् । उनले बुटवलमा गरेको एक भाषणले नेकपा एसभित्र र बाहिर समेत चर्चाको विषय बनेको छ । नेकपा एसका कार्यकर्ताहरूले झाँक्रीलाई गाली गरिरहेका छन् । नेकपा एससम्बद्ध युवा संघ नेपालको लुम्बिनी प्रदेश भेलालाई सम्बोधन गर्दै उनले शनिबार पार्टीलाई अब पुनर्गठन गर्नुपर्ने बताएकी थिइन् । यसका लागि ‘अर्ली महाधिवेशन’ को माग समेत राखिन् ।
यस्तो थियो उनको भनाई
पार्टी बनाउने…यस्तै सङ्कटहरूबाट हामी उठ्नुपर्छ । पार्टीमा अर्को ठूलो सङ्कट छ । तपाईँहरू सबैलाई थाहा छ, पार्टीमा सङ्कट छ । अध्यक्षकै बारेमा सङ्कट आयो । अब के गर्ने रु अब पार्टीलाई पुनर्गठन गरेर अगाडि बढ्ने हो । सङ्कट आयो भनेर भाग्ने भनेको होइन । पार्टीलाई पुनर्गठन गरौँ । कसरी गर्ने रु अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशनबाट पुनर्गठन गरेर अध्यक्ष बनाऔँ । कहाँ हुन्छ यसरी रु म त भन्छु, अब अर्ली महाधिवेशन गरौँ । कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि सङ्कट आयो । अरु कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुनिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन रु गरौँ न त, अर्ली महाधिवेशन गरौँ । अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ ।
तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ । होइन भने मतदाता नामावली सारेर ल्याएका मान्छेहरूबाट, टीका लगाएर बनाएको केन्द्रीय समितिबाट चुनाव लडेर यही पार्टी बनाउने हो भने तपाईंहरुले यो पार्टी बनाउनुहुन्न…।










