संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट बहुमतले पारित, दलहरूद्वारा स्वागत

२०८२ असार १५, आईतवार

काठमाडौं : प्रतिनिधि सभाबाट संघीय निजामती सेवा विधेयक २०८० पारित भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राखेको विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रतिनिधि सभाको आजको बैठकले बहुमतले पारित भएको हो ।

मन्त्री गुप्ताले यो विधेयक नेपालको संविधानको मर्मअनुसार आएको बताउँदै नौं दश वर्षदेखि अलपत्र रहेको विधेयक पारित भएकोमा खुशी व्यक्त गरे । विधेयकले कर्मचारीमा देखिएको अधिकांश असन्तुष्टि सम्बोधन हुने दाबी गर्दै उनले कर्मचारीको कार्यसम्पादन मापन गर्ने प्रणालीसम्बन्धी प्रणालीको विकास गरिएको जानकारी दिए ।

विधेयक पारित भएपछि सभामुख देवराज घिमिरेले संघीयताको सफल कार्यान्वयनका लागि आवश्यक कानुनी पूर्वाधारमध्ये यो विधेयक एक ऐतिहासिक र दूरगामी प्रभाव पार्ने नीतिगत प्रस्थानविन्दुको रुपमा रहेको बताए । छलफलका क्रममा अधिकांश दलका सांसदहरुले विधेयकको स्वागत गर्दै कार्यान्वयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार