काठमाडौं : पूर्व सांसद गोविन्दप्रसाद शर्मा कँडेलको निधन भएको छ । उहाँको ८७ वर्षको उमेरमा आज निधन भएको हो ।
चितवनदेखि काठमाडौँ उपचारका लागि जाने क्रममा कँडेलको निधन भएको नेपाली कांग्रेस बागलुङका सभापति जितबहादुर शेरचनले जानकारी दिए । विसं २०४८ को प्रतिनिधिसभा निर्वाचनमा बागलुङ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका कँडेलका दुई छोरा र एक छोरी छन् । कँडेल लामो समयदेखि मुटुको रोगबाट पीडित थिए ।
कँडेलले २०३७ सालदेखि २०४८ सालसम्म नेपाली कांग्रेस जिल्ला कार्यसमिति बागलुङको नेतृत्व गरेका थिए । हाल उनी जेष्ठ राजनीतिज्ञ सभाका केन्द्रीय सदस्य छन् ।









