गुल्मीको वामी–रिडी सडक पहिरोले अवरुद्ध

२०८२ असार १६, सोमबार

गुल्मी : चन्द्रकोट गाउँपालिका–८ तल्लो फाँटस्थित वामी–रिडी सडकखण्डमा पहिरो खस्दा यातायात पूर्णरूपमा अवरुद्ध भएको छ।

अविरल वर्षाका कारण खसेको ठूलो पहिरोले सडक बन्द भएपछि यात्रुहरू समस्यामा परेका छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पहिरो पन्छाउन प्रहरी सहायक निरीक्षक शिवधन प्रसाद कठरियाको नेतृत्वमा टोली खटिएको छ। स्थानीय सरकार, प्रशासन र प्रहरीको सहकार्यमा सडक खुलाउने प्रयास भइरहेको छ।

मौसममा सुधार आएपछि आवश्यक उपकरण प्रयोग गरी सडक खुलाउने कार्यलाई तीव्रता दिने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार