काठमाडौं : इटालियन क्लब इन्टर मिलानलाई हराउँदै ब्राजिलको फ्लुमिनेस एफसी फिफा क्लब विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको अन्तिम १६ को खेलमा फ्लुमिनेस २-० ले विजयी भयो । योसँगै इन्टरको यात्रा अन्तिम १६ बाटै टुंगिएको हो । फ्लुमिनेसको जितमा जर्मन कानो र हर्कुलसले १-१ गोल गरे । खेलको तेस्रो मिनेटमा नै कानोले गोल गर्दै फ्लुमिनेसलाई अग्रता दिलाएका थिए । अर्को गोल भने खेल सकिनै लाग्दा भएको थियो । इन्जुरी समयको तेस्रो मिनेटमा हर्कुलसले गोल गरेपछि फ्लुमिनेस २-० ले विजयी हुँदै अघि बढ्यो ।
अब मंगलबार विहान अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटी र साउदी क्लब अल हिलाल खेल्ने छन् । उक्त खेलको विजेतासँग फ्लुमिनेसले खेल्नेछ ।





