काठमाडौँ : सोमबार दिउँसो बीपी राजमार्ग पहिरोले अवरुद्ध हुँदा सवारी जाममा परेको एम्बुलेन्समै एक बिरामीको मृत्यु भएकाे छ।
‘ब्रेन ह्यामरेज’ भएर काठमाडौं ल्याउँदै गरेको अवस्थामा महोत्तरीको मनरा शिसवा नगरपालिका-२ का भरतलाल झाको एम्बुलेन्सभित्रै मृत्यु भएको आफन्तले बताएका छन्। मृत्युपछि उनको शव सोही एम्बुलेन्समा महोत्तरी नै फर्काइएको छ।





