मोटरसाइकल भिरबाट खस्दा चालकको मृत्यु

२०८२ असार १७, मंगलवार

काठमाडौँ : रुकुमपूर्वमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सिस्ने गाउँपालिका-४ तातोपानीमा सोमबार साँझ रा.३.प ४५३४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक ४५ वर्षीय दलप्रसाद सुनारको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुनार सोही ठाउँका बासिन्दा हुन्। उनी सवार मोटरसाइकल सडकबाट झन्डै डेढ सय तल खसेर दुर्घटना भएको हो।

साँघुरो र चिप्लो बाटोमा मोटरसाइकल अनियन्त्रित भएर खसेको सोही मोटरसाइकलको पछाडि सवार स्थानीय भुवन केसीले बताएका छन्।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार