काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले संवैधानिक आयोगमा भएका नियुक्तिविरुद्ध परेको मुद्दाका कारण उत्पन्न अन्योल अन्त्य भएकाले अब ती निकायमा तीव्रताका साथ काम हुने अपेक्षा गरेका छन्।
चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा गरिएका ५२ पदाधिकारी नियुक्ति सर्वोच्च अदालतले बुधबार मध्यराति सदर गरेको हो। नियुक्तिविरुद्ध रिट निवेदन परेको थियो। जुन नियुक्ति एमाले अध्यक्ष केपी शर्मा ओली नै प्रधानमन्त्री हुँदा गरिएका थिए।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासले बुधबार अबेर राति फैसला सुनाउँदै ५२ पदाधिकारीकै नियुक्ति वैधानिक ठहर गरेको हो।





